विश्वकै दोस्रो धनी बिल गेट्स कपाल काट्नका लागि पालो कुर्दै

सिड्नी-बिल गेट्स १३६ अर्ब अस्ट्रेलियन डलरको सम्पत्ति सहित विश्वकै दोस्रो धनी मानिस हुन् । तर उनको १२ अंकको बैंक ब्यालेन्सले पनि उनलाई कपाल काट्नका लागि लाइनमा अरुलाई छलेर अगाडि बढ्नका लागि ग्यारेन्टी गर्न सकेको छैन ।

शनिबार प्रकाशित सिड्नी मर्निङ हेराल्डका अनुसार ६३ वर्षिय माइक्रोसफ्टका संस्थापकले पनि यो बन्दर्गार्हा सहरको शैलुनमा जादा पालो कुरेरै कपाल काट्नु परेको छ ।
यी डलर अर्बपतिले पनि कपाल काट्ने आफ्नो पालो आउनका लागि धैर्यताका साथ कुरेर बस्नु परेको थियो । यो अवधिमा उनले नाईलाई कफी खान दिनका लागि आग्रह गरेका थिए ।

नाइले गेट्सलाई उनी फर्कदा फेरी पछि जान तयार भएमा कफी खान जानका लागि स्वतन्त्र भएको बताएको सिड्नी मर्निङ हेराल्डले दावी गरेको छ ।

समाचारमा शैलुनको नाम भने उल्लेख गरिएको छैन । तर यो शैलुनले सिड्नीका राजनीतिक र धनाढ्यहरुलाई सेवा पु¥याउदै आएको छ । यद्यपि यो शैलुनले बिल गेट्स जत्तिको वजन भएको मानिसको कपाल काट्न पाउने सम्भावना कमै भएको पनि समाचारमा उल्लेख गरिएको छ ।

विगतका वर्षहरुमा बिल गेट्सले कैयौ पटक अस्ट्रेलियाको भ्रमण गरिसकेका छन् ।

गेट्सको जोडीले २०११ मा अस्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्डलाई २०१३ मा भेट्नुपुर्व सिड्नीमा बिदा मनाएका थिए ।

यो भन्दा अघिल्लो पटक उनले २०१७ मा अस्ट्रेलियाको क्विन्सल्यान्ड फार्म भ्रमण गरेका थिए । अस्ट्रेलियामा बस्तुभाउको प्रबद्र्धनका लागि कसरी डिजिटल कृषिको प्रयोग गरिएको छ भन्ने हेर्नका लागि उनले उक्त समयमा क्विन्सल्यान्डको भ्रमण गरेका हुन् । -एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया