एजेन्सी, आजको ‘सौर्य दैनिक’ पत्रिकामा सार्वजनिक एक समाचार अचम्मित पार्ने खलको छ । इरानमा एक जोडीलाई सार्वजनिक स्थानमा विवाह प्रस्ताव राखेको कारण प्रहरीले गिरफ्तार गरेको छ । उत्तरी शहर अरकमा सार्वजनिक स्थानमा विवाहको प्रस्ताव राखेको एक भिडियो सार्बजनिक भएपछी प्रहरीले उक्त जोडीलाई पक्राउ गरेको हो ।
सार्वजनिक रुपमा यस्ता गतिविधि गर्नु इश्लामिक कानुन विपरीत भएको हुँदा उनीहरुलाई पक्राउ गरिएको हो । सार्बजनिक भिडियोमा उनीहरु एक पसल अगाडी बसेर मुटुको चिन्ह अंकित स्थानमा अंकमाल गर्दै थिए र वरपर थुप्रै मानिसहरु हल्ला गर्दै थिए ।
मर्काजी प्रान्तका प्रहरी डेपुटी सुपरिटेन्डेन्ट मोहमद खलाजीका अनुसार सर्वसाधारणकै मागमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको त्यस क्रियाकलापलाई पश्चिमा संस्कृतिको नक्कल भन्दै आलोचना समेत गरिएको थियो । उनीहरुलाई धरौटीमा रिहा गरिएको कुरा डेपुटी सुपरिटेन्डेन्ट खलाजीले बताएका छन् ।
यस बिषयलाई लिएर हाल इरानमा सामाजिक संजालमा निकै चर्को बहस चलिरहेको छ ।