काठमाडौं । नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ ।
तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।
मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।