प्र्रकाण्डको सम्बोधन नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसीर ८ गते राजधानीमा आमसभा गर्नेभएको छ । उक्त आमसभामा राज्य पक्षले पक्राउे गर्ने सूचना पाएपछि नेत्रविक्रम चन्द विप्लवले सम्बोधन नगर्ने भएका छन् । जसको सम्बोधन प्रवक्ता खड्गबहादुर विश्वकर्माले गर्ने भएका छन् ।
राजधानी हुने जनसभामा पछिल्लो राजनीतिक घटना क्रमबारे प्रवक्ता खड्गबहादुर विश्वकमाले सम्बोधन गर्ने छन् । जनसभा काठमाडौंको शान्ति बाटिकामा आयोजना हुने छ । जनसभा मार्फत पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बुधबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा जन सभामा सहभागी हुन पनि सबैलाई आह्वान गरिएको छ ।