काठमाडौँ, केहि समय अघि नेत्र विक्रम चन्द नेतृत्व विप्लब माथि प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धित विप्लब समुहका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जना कारागार चलान भएका छन् ।
जिल्ला अदालत सुनसरीको आदेशपछि पूर्पक्षका लागि कारागार चलान गरिएको हो । कारागार चलान भएका ५ जना कोशी ब्युरो संयोजक श्रेष्ठ, कोशी व्यूरो सदस्य माधब गौतम, मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, सुनसरीका रमेश खड्का र देबकुमार साँवा रहेका छन् ।
ति मध्य लिम्बूलाई पुर्पक्षको लागि कारागार चलान गर्न र बाँकीलाई जनही ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । तर विप्लबका कार्यकर्ताले अदालतबाट छुटेलगत्तै पक्राउ पर्ने जानकारी पाएपछि धरौटी जम्मा नगर्ने भन्दै कारागार गएको बताइएको छ ।