काठमाडौँ, सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लबकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छिन् ।
उनि रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमती हुन् । स्थानीयले सुवेदीलाई छोरासहित पक्राउ गरिएको दावी गरेका छन् भने प्रहरी प्रमुख एसपी हृदय थापाले उनलाई मात्रै नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
एसपी थापाले पक्राउ परेकी सुवेदीलाई हाल जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखी थप अनुसन्धान गरिइरहेको बताएका छन् ।