काठमाडौँ, सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा ( विप्लब ) माथि प्रतिबन्ध लगाएसंगै प्रहरीले विप्लब कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन थालेका छन् ।
यस्तैमा विप्लब समूहका सुनापति गाउँपालिकाका इन्चार्जले जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन् । गाउँपालिका इन्चार्ज लोकबहादुर रानामगरले बुधबार प्रशासन कार्यालयमै गैर आत्मसमर्पण गरेका हुन् ।
आफुलाई विप्लब समुहको हिंसात्मक गतिविधि सन्तोषजनक नलागेकाले क्त पार्टीमा नलागेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार मगरलाई जिल्लास्थित पत्रकार र मानवअधिकारकर्मीको रोहबरमा बुधबार नै छोडिएको हो ।
२०७४ सालदेखि गाउँपालिकाइन्चार्ज बनेका उनले आफ्नु अब पार्टीको गतिविधिबाट बाहिर रहेर स्वतन्त्र नागरिक भई सामाजिक सेवामा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार हिंसात्मक गतिविधिमा नलाग्ने प्रतिबद्धता जनाएकाले उनका गतिविधि निगरानी राख्ने गरी छाडिदिइएको हो ।