काठमाडौँ, सरकारले विप्लब समूह माथि लगाएको प्रतिबन्ध बारे त हामी अवगत नै छौँ । प्रतिबन्ध पश्चात पनि विप्लबलेद आफ्ना गतिविधिहरुलाई नियनत्रण नगरे पछि सरकार विप्लब माथि दिन प्रति दिन कठोर बन्दै गएको छ ।
यस्तैमा आज चैत्र १० गते यसै बारे गृह मन्त्रालयले एक विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा विप्लबको गतिविधिलाई सहयोग गर्ने र सहयोग पुग्ने गरी चन्दा दिने जस्ता क्रियाकालाप गर्नेहरुलाई कारवाही गर्ने चेतावनी उल्लेख गरिएको छ ।
विज्ञप्तिमा आर्थिक तथा अन्य सहयोग गरेको पाइएमा सहयोग दिने र लिने दुवैलाई कारबाही गरिने भन्दै उल्लेख गरिएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘ विप्लव समुहवाट संचालित अपराधीक तथा विध्वसशात्मक क्रियाकलापमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्याउने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन बमोजिम कारवाही हुनेछ । कुनै किसिमको आर्थिक, भौतिक सहयोग एवं त्रास र धम्की तथा प्रलोभनमा नर्पन आग्रह गरेको छ । यस्तो गरेका तत्काल प्रहरीलाई खवर गर्न आग्रह गर्न आग्रह गर्दछौं । ‘