विप्लबको बन्दले उपत्यकामा जनजीवन प्रभावित !

फाइल फोटो

काठमाडौँ, सरकारले पार्टी माथि प्रतिबन्ध लागाएता पनि विप्लबले आफुले घोसणा गरिसकेको बन्द फिर्ता नलिने अडान लिए पछि सरकारले  हतियार बोकेर हिँडेको फेला परे तत्काल गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

सरकारले यस बन्दलाई नमान्न र निधक्कसंग बस्न भनि सुरक्षामा सतर्कता बढाएता पनि उपत्यकामा भने बन्दको केहि प्रभाव परेकै देखिन्छ । निजि सवारी साधनहरु चलेकै भए पनि सार्वजनिक सवारी साधनमा भने बन्दको प्रभाव परेको छ ।

सार्वजनिक सवारीहरु कम चल्दा यात्रुहरुले सास्ती पाएका छन् । काठमाडौँ बाहिर चल्ने सवारी साधनहरु पनि चलेका देखिँदैनन् । सवारी साधनहरु मात्र नभएर शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालयहरु बन्दका भएपछि पठनपाठन प्रभावित भएको छ ।

सरकारले विप्लबका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण सडकमा कतै पनि बन्दकर्ता देखिएका छैनन् । तर, विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया