विधायकले विधि बनाउने र विज्ञले शासन चलाउने : सांसद दीपक विष्ट

सांसद दीपकप्रसाद विष्ट ले विधायिकाको भूमिकाबारे स्पष्ट धारणा राख्दै “विधायकले विधि बनाउने र विज्ञले शासन चलाउने” अवधारणा अघि सारेका छन्।

उनले हालको व्यवस्थामा नीति निर्माण गर्नेहरू प्रायः राजनीतिक दलका नेता र सांसदहरू हुने तर तिनलाई सम्बन्धित विषयको प्राविधिक ज्ञान नहुन सक्ने बताए। “हामीले कानुन बनाउने काममा ध्यान दिनुपर्छ, तर कार्यान्वयनमा अनुभवी विज्ञहरूको भूमिका प्रमुख हुनुपर्छ,” उनले भने।

विष्टको भनाइअनुसार, यदि प्रशासन, अर्थतन्त्र, स्वास्थ्य, शिक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रमा विज्ञहरूको नेतृत्व बढाइयो भने शासन प्रणाली प्रभावकारी बन्न सक्छ। उनले सिंगापुर, जर्मनी, जापानजस्ता देशहरूमा नीति निर्माण र कार्यान्वयनबीचको सन्तुलन राम्रो भएकाले ती देशहरू सफल बनेको उल्लेख गरे।

तर, केहीले यो विचारलाई “प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरूको अधिकार कम गर्ने” भनेर आलोचना पनि गरेका छन्।

तपाईंको विचारमा, नेपालमा विधायकी र कार्यकारी भूमिकाको पुनः परिभाषा आवश्यक छ कि छैन? विज्ञहरूको बढ्दो भूमिकाले लोकतान्त्रिक व्यवस्थामा असर पार्ने त होइन?

फेसबुकबाट तपाईको प्रतिक्रिया