काठमाडौँ, हुन त आय दिन सामाजिक संजालमा कयौँ तस्विरहरु साझा हुन्छन् । ति मध्य केहि तस्विर यस्ता हुन्छन् जसले मनमा निकै घत पुर्याउँछ । यस्तै भएको छ राजु स्याङ्तान र रामप्रसाद सापकोटाले सामाजिक संजालमा शेयर गरेका दुई तस्विरमा ।
तस्विर सामान्य हुन् तर तस्विर भित्रको भावना निकै गहिरो र गहकिलो देखिन्छ । मन छुने यस तस्विर सामाजिक संजालमा भाइरल भैरहेका छन् ।
एक तस्विर छ जहाँ एक वृद्ध एरपोर्ट बाहिर बसेर एक टकले भित्र हेरिरहेका छन् । मन त पक्कै नहुँदो हो यस्तो बुढ्यौलीमा आफ्नो साहारालाई आफूबाट टाढा पठाउन । तर उनको शरीरको त्यो कपडा, चप्पल अनि चाउरी परिसकेका गालाले बताउँछ त्यो रहर नभएर वाध्यता हो ।
साथै अर्को तस्विर शेयर भएको छ । त्यो तस्विर पुष्पकमल दाहाल ( प्रचण्ड ) र उनकी श्रीमती सिता दाहाल उपचारको शिलशिलामा अमेरिका जाँदा एरपोर्टमा विधाइको लागी देखिएको भिडको हो ।
दुवै तस्विरमा एकै सामान्य कुरा छ । कोहि पनि यि दुई तस्विर हेर्न चहाँदैनन् । न कसैलाई बुढ्यौलीको साहारालाई बुढेसकालमा विदेश पठाएको हेर्ने रहर छ न त आफ्नो निजि कार्यको लागी विदेश हिँडेका नेतालाई ठुलै विजय हात परे झैँ विभिन्न खादा र फुलले सम्मान गरेको हेर्न नै ।