विद्युत सर्ट भई आगलागी हुँदा ५० लाखको क्षति !

फाइल फोटो

काठमाडौँ, लम्जुङको सदरमुकाम बेसीसहरको मध्य भागमा रहेका दुई पसलमा मध्यराती १२ बजे विद्युत सर्ट भई आगलागी हुँदा निकै क्षति भएको छ ।

आगलागी भएका दुई पसल मध्य एक चाँही कपडा पसल रहेको थियो भने अर्को कम्युटर मर्मत तथा इन्स्टिचुट रहेको थियो । कपडा पसलका मालिक उत्तरबहादुर परियार थिए र कम्प्युटर मर्मत तथा इन्स्टिचुट रुपेश थापाको थियो ।

स्थानीय र प्रहरीका साथै दमकलको साहायताले आगो १ बजे निभाउन सकिएको थियो । प्रहरीका अनुसार दुई पसलमा क्षति भए पनि बाँकी घर र पसलहरु जोगिएका छन् ।

आलालागीबाट कपडा पसलमा ३० लाख र कम्प्युटर पसलमा २० लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यलय लमजुङका प्रहरी प्रमुख डीएसपी यादव ढकालले बताएका छन् । उनका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया