विद्युत प्राधिकरणमा दोबार नाफा, कुलमान घिसिङको कारण सम्भव !

फाइल फोटो

काठमाडौँ, नेपाल विद्युत प्राधिकरण यस पटक नाफामा गएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले लोडसेडिङको अन्त्यसँगै प्राधिकरणले खुद नाफा कमाएको देखाएको छ ।

गत आर्थिक वर्ष २०७४\७५ मा मात्रै प्राधिकरणले २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्राधिकरणले गत भदौमा आर्थिक वर्ष २०७४\७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने अनुमान लगाएको थियो ।

अनुमान गरिएभन्दा बढि २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ नाफा देखिएको छ । अनियमितताको आरोप लागेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई महालेखाको प्रतिवेदनले अनियमितता नभएको देखाएको छ ।

२०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । यस बर्ष भएको दोबार नाफाको कारण कुलमान घिसिङलाई मानिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया