विद्यार्थी फेल भए शिक्षकलाई कारवाही !

फाइल फोटो

काठमाडौँ,  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

उपसमितिको प्रतिवेदनमा एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले ‘डी’ र ‘ई’ भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्का सहित कारबाही हुनुपर्ने उल्लेख गरिएको छ ।

त्यति मात्र नभएर तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले ‘डी र ई’ ग्रेड ल्याए विषय शिक्षकलाई सेवामुक्त गर्नुपर्ने सुझाव समेत दिइएको छ । प्रतिवेदनमा एसईईमा ९० प्रतिशतभन्दा बढी विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ग्रेड ल्याए त्यस्ता विद्यालयलाई थप बजेट दिनुपर्ने पनि उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ,’ प्रत्येक शिक्षकले अनिवार्य शिक्षण अनुमतिपत्र लिनुपर्ने र अध्यापन अनुमतिपत्र प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्छ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया