विदेशी पाहुनामा नेपाल बारे गलत सन्देश जाने भएकाले निर्मलाका पोस्टर च्यातेको प्रहरीको भनाई

पब्लिक आवाज /संवाददाता
काठमाडौं । बलातकार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको न्यायका लागि टाँसिएका पोस्टर च्यातेपछि प्रहरी आलोचित बनेको छ । चौतर्फिक आलोचना पछि पोस्टर हटाईएको बारे प्रहरीले स्पष्टिकरण दिएको छ । शुक्रबार प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टरहरु हटाएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले विभिन्न देशबाट आएका पाहुनामा गलत सन्देश नजाओस् भनेर सडकमा टाँसिएका पोस्टर हटाएको बताए । भीभीआईपीको आवतजावत हुने ठाउँको मात्रै पोस्टरहरु निकालिएको बताउँदै अन्य ठाउँमा भने प्रहरीले कुनै पनि हस्तक्षेप एसएसपी सुदेदीले बताए ।

अहिले विभिन्न देशका पाहुना काठमाडौंमा रहेका र यस्तो बेला विरोध गर्ने, जथाभावी पर्चा पम्लेट टाँस्ने गर्दा नेपालको छवि धुमिल हुने भएकाले केही ठाउँमा टाँसिएका पोस्टर हटाउनुपरेको एसएसपी सुवेदीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया