पब्लिक आवाज /संवाददाता
काठमाडौं : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का कार्यकर्ताले नेपाल वायुसेवा निगमका महा प्रबन्धक सुगतरत्न कंसारकारलाई कालो मोसो दलेका छन् ।
आज दिउँसो ४ बजे उनलाई कार्यकक्ष भित्र वैद्य समूहका कार्यक्रताले मोसो दलेको हो । प्रबन्धक कंसाकारका अनुसार वैद्य समूहका कार्यक्रता भित्र आएर पाँच लाख मागे मैले ५ हजार दिन्छु भन्दा कालो मोसो दलेको दाबी गरे ।
“५ लाख माग गर्दा आफू संग ५ हजार छ यो लगेर जानुस् भन्दा कालो मोसो दलेर भागे” कंसाकारले हामी संग भने ।गार्डले समाउन खोज्दासमेत उनीहरु उम्किएको कंसाकारको भनाइ छ ।
भाग्दै गरेका उनि हरुलाई समात्न नसकेको गार्डले बताए प्रयास गरेकोहो र पनि उम्किएर भागे पब्लिक अवाज संग भने । । कंसाकारले पैसा मागेको आरोप लगाईरहँदा वैद्य समूहले त्यसको खणडन गरेका छन् ।
निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आफू हरुले कालो मोसो दलेको वैद्य समूहले दाबी गरेको छ । कंसाकारले पैसा मागेको भन्ने गतल हल्ला फिजाएको आरोप समेत लगाएका छन् ।