वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी !

फाइल फोटो

काठमाडौँ, डोटी बडीकेदार गाउँपालिका–४ मान्नाकापडी वडा कार्यालयमा गए राति करीब २ः०० बजेतिर अज्ञात समूहले आगजनी गरेको डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताएका छन् ।

कार्यालयका सम्पूर्ण कागजात आगजनीबाट नष्ट भएको बताउँदै वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले भने, ‘ अज्ञात समूहले वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र छिरी सबै सामग्री एक ठाउँमा जम्मा पारेर आगो लगाएका छन् । ‘

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार रातमा भएको आगजनी बारे प्रहरीलाई बिहान जानकारी भए पश्चात इलाका प्रहरी कार्यालय विपीनगरबाट प्रहरी निरीक्षक भरत चौधरीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटाइएको हो ।

प्रहरीले यस घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता हुनसक्ने अनुमान लगाएको छ । हरी नायब उपरीक्षक धामीले भने, ‘ घटनाबारे थाहा पाउने बित्तिक्कै प्रहरी टोली खटाएका छौँ, कसले र किन आगजनी गरेको हो प्रहरी पुगेपछि थाहा हुनेछ ।

विप्लबको संलग्नताको अनुमान लगाइएता पनि घटना कसले र किन गरायो भन्ने बारे हाल सम्म केहि पत्ता लागेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया