वडा कार्यालयको गलत सिफारिसका कारण बिक्री भएको दलित बस्तीमा २ नम्बरका प्रदेश सरकार

आलोक यादव /पब्लिक आवाज

सिरहा , पौष ०७  । वडा कार्यालयले दिएको गलत सिफारिसका कारण बेचिएको सिरहाको मिर्चैया नगरपालिका–७ फूलवरियाको महराटोल (दलित बस्ती) मा प्रदेश सरकार पुगेको छ । झण्डै ९० वर्षदेखि बस्दै आएको दलित बस्तीको जमीन वडाध्यक्ष रामकुमार यादवले गलत सिफारिस दिँदा बिक्री भएपछि विचल्लीमा परेका दलित बस्तीको समस्या बुझ्न २ नम्बरका प्रदेश सरकार सो बस्ती शुक्रवार पुगेका हुन् ।

 

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र प्रदेश २ का महान्यायाधिवक्ता दिपेन्द्र झा बस्तीमा पुगेर उनीहरूको समस्या बुझेका छन् । प्रदेश सरकारले उनीहरूलाई मुद्दा प्रक्रियामा जान सुझाव दिएका छन्

यस मुद्दामा प्रदेश सरकारले पहल गर्ने र मुद्दा प्रक्रिया निः शुल्क रहने प्रदेश २ का महान्यायाधिवक्ता दिपेन्द्र झा उनीहरूलाई कुनैपनि हालतमा न्याय दिलाउने प्रदेश सरकारको टोलीले बाचा गरेका छन् ।

मन्त्री यादवले प्रदेश सरकारबाट यसको लागि भरपुर सहयोग भेट्ने प्रतिबद्धता गरे । उनीहरूले कयौं वर्ष पहिले चलनचल्ती दररेटमा जग्गा खरिद गरेको र जग्गा धनीलाई जग्गा पास गरिदिन पटकपटक आग्रह गरेपनि आजभोलि गर्दै पास नगरिदिएको गुनासो सुनाए ।

जग्गा धनी रामचन्द्र साहका नातीहरुले गएको मंसिर ९ गते धनुषाको सवैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा व्यवसायी सुरेशकुमार महतोलाई दलित बस्ती रहेको ६ कठ्ठा जमिन बिक्री गरेका हुन् । उक्त दलित बस्तीमा २८ घर परिवार बसोबास गर्दै आएका छन् ।

यता, वडाध्यक्ष रामकुमार यादवले आफू जहिले पनि दलितहरुकै पक्षमा रहेको भन्दै आफूसँग सिफारिस गरेको जमिनमा दलित बस्ती भएको जानकारी नभएकोले सिफारिस दिएको बताउँदै आएको छ । यस सन्दर्भमा विस्तृत जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन

 

फेसबुकबाट तपाईको प्रतिक्रिया