काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले प्रदर्शन गरेका छन् । लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।संविधानमा व्यवस्था भएको समावेशी सिद्धान्तलाई लोकसेवा आयोगले लत्याएर कर्मचारी भर्ना गर्न लागेको भन्दै आयोगको विरोधमा उत्रिएका हुन् ।
जनजाति महासंघसहितका संगठनले विरोध गरेको विरोध जनजाति संगठनहरुले बानेश्वरतर्फ ल्याएको जुलुस माइती घरमा जम्मा भएका थिए । सो विज्ञापनमा संसदको राज्य व्यवस्था समितिले असमावेसी भएको भन्दै समावेसी सिद्धान्तका आधारमा विज्ञापन आव्हान गर्न आग्रह समेत गरेको थियो ।






