लोकप्रिय कार्यक्रम “भद्रगोल” को युट्युब भियुज चोरी भएको पाँडेको दावी !

फाइल फोटो

काठमाडौँ, नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुने हास्य टेलिश्रृंखला ‘ भद्रगोल ‘ निकै लोकप्रिय कार्यक्रम हो । साथै युट्युबमा पनि यस कार्यक्रमको भ्युज निकी राम्रो देखिन्छ ।

सधैँभरि ट्रेन्डिङ न. १ मा बस्ने यस कार्यक्रमका पछिल्ला केहि भागहरु ट्रेन्डिङ न. १ बाट घटेका छन् । यसै विषयमा भद्रगोल टिमले आफुहरुको भ्युज चोरी भएको दावी गरेका छन् ।

भद्रगोलका पाँडे यानी अर्जुन घिमिरेले आधा घण्टा अघि ९ लाख ६१ हजार रहेको भ्युज घटेर ७ लाख ५६ हजारमा पुगेको र त्यस अघि पनि १४ लाख भ्यूज ११ लाखमा झरेको र यस बारे बुझ्दै जाँदा अरु कसैले आफुहरुको डलर खर्च गरेर भ्यूज चोरेको हुन सक्ने जानकारी पाइको बताएका छन् ।

यस सम्बन्धमा पत्राचार गर्दा पनि युट्युबबाट कुनै जवाफ नआइसकेको उनले बताएका छन् । भ्युज पक्कै चोरी भएको तर कसले चोरेको भने अझै पत्ता लागी नसकेको र पत्ता लगाउने प्रयास भैरहेको उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया