काठमाडौँ, आइतबार सर्वोच्च अदालतमा न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले लुम्बिनी क्षेत्र वरपर उद्योग सञ्चालन बन्द गर्न अन्तरीम आदेश जारी गरेको छ ।
अदालतले लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरिपरि रहेका उद्योग कलकारखाना सञ्चालन नगर्न अन्तरिम आदेश दिएको हो । गत चैत्रमा जनहित संरक्षण मञ्चका अध्यक्ष प्रकाशमणी शर्माले दायर गरेको रिट माथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
सर्वोच्चले लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरपर उद्योग कलकारखाना खोल्न नपाइने भन्दै बनाएको नियमलाई औद्योगिक प्रवर्द्धन बोर्डले उल्लंघन गरेका गोयन्का सिमेन्ट , सिद्धार्थ सिमेन्ट , कैलाश सिमेन्ट , श्रीराम सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट र श्याम प्लाइउडका नाममा पनि आदेश जारी गरेको छ ।
रिटमा विपक्षि बनाइएका उनीहरु सबैले आफ्नो कारखाना लुम्बिनी क्षेत्रबाट हटाउनु पर्नेछ । शर्माको रिटमा सरकारको नियम उलंघन गर्दै लुम्बिनी क्षेत्रमा उद्योग कलकारखाना खुलेपछि प्रदुषण बढेको र त्यसले ऐतिहासिक सम्पदामा क्षति पुगेको उल्लेख गरिएको थियो ।







