लिबियाबाट अमेरिकी फौज हटाईयो, सुरक्षा जिम्मा नेपाली सेनाको काँधमा !

फाइल फोटो

काठमाडौँ, अफ्रिकी राष्ट्र लिबियाको सुरक्षा जिम्मा अब नेपाली सेनाको काँधमा आएको छ । लिबियामा द्वन्द्व चर्किएपछि त्यहा रहेका अमेरिकी फौजलाई अस्थायी रुपमा अन्यत्र सारिए पश्चात उक्त जिम्मा नेपाली सेनालाई दिइएको हो ।

द्वन्द चर्किएकै कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रले रिभर्ज फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको बुझिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वाराजका अनुसार लिबियाको अवस्था एक्कासी बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मीलाई त्रिपोलीबाट अन्यत्रै सारिएको हो ।

विद्रोहीले राजधानी त्रिपोलीमाथि कब्जा जमाउने उद्देश्यले आक्रमण थालेपछि निम्तिएको संकटले अमेरिकी र भारतीय शान्ति सैनिक अन्यत्रै सारिएको भएता पनि नेपाली सेनालाई भने थप जिम्मेवारी दिइएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया