लगानी सम्मेलनमा को-को सहभागी हुँदै छन् त ?

फाइल फोटो

काठमाडौँ, २०४७ र २०७३ मा भएको लगानी सम्मेलन पछि २०७५ सालमा सरकारले तेस्रो पटक लगानी सम्मेलनको आयोजना गर्दैछ । चैत्र १५ र १६ गते राजधानीमा हुने सम्मेलनमा ४० देशका ६ सय भन्दा बढी लगानीकर्ता उपस्थित हुने अर्थमन्त्रालयले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने यस सम्मेलनमा लगानी वोर्डले उद्योग पर्यटन, यातायात, कृषि, जलविद्युत, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्वन्धी सार्वजनिक क्षेत्रका ५० र  निजि क्षेत्रका २७ गरेर जम्मा जम्मी ७७ वटा परियोजना प्रस्तुत हुने बुझिएको छ ।

सम्मेलनमा सहभागी हुने केहि मानिस बारे अर्थमन्त्रालयले जानकारी दिइसकेको छ । ति मध्ये विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजन चेन, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्वन्ध मन्त्री यू थाउङ टुन, अमेजन, पावर चाइना, चाइना रेलवे, माइक्रोसफ्ट, डावर, यूनिलिभर लगायतका कम्पनीका प्रतिनिधि, अन्तराष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्वन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्वन्धी उपाध्यक्ष डोङ ली तथा विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूति सम्वन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया