काठमाडौँ, दोलखाको विगु गाउँपालिका– १ नयाँबाटो स्थित सिनो हाइड्रो प्रोजेक्टको कामदार बोक्न प्रयोग हुँदै आएको बस दुर्घटना भएको छ । दुर्घटनामा परि २ को मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
बिहानको करिब ७:३० बजे माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मजदुर बोक्न प्रयोग गर्दै आएको ४ ख ४५७३ नं को रोल्वालिङ यातायातको बस दुर्घटनामा घाइते भएका २० मध्ये ८ जना गम्भीर घाइते भएका छन् । घाइते भएकाहरुको थप उपचारको लागी चरिकोट पठाइएको छ ।