काठमाडौँ, आयंका जोडीको नामले चिनिने प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई हाल एक आइडल जोडीको रुपमा चिनिन्छ । आइडल जोडी, यि दुईको केमेस्ट्री राम्रो छ मात्रले होइन वास्तवमै यिनिहरु हर कोहिको लागी प्रेरणाको श्रोत हुन् ।
अमेरिकाबाट फिल्म स्टडिज सकाएर आएकी प्रियंकाले चलचित्र क्षेत्रमा ठुलै परिवर्तन ल्याएकी छिन् । उनले एक सक्षम कलाकारको अर्थलाई प्रस्ट्याएकी छिन् । यति मात्र नभएर समाज र सोच परिवर्तनको पहलमा उनि खडा उत्रिएकी छिन् । केहि समय अघि मात्र इन्गेजमेन्ट गरेका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको आयांका जोडीले ‘आयंका फाउन्डेसन’ खोलेर त्यसबाट ठुलै काम गरेका छन् । त्यसैले यिनलाई आइडल जोडी मानिन्छ । आउनुहोस् हेरौँ यस आइडल जोडीको केहि रोमान्टिक तस्विरहरु: