रोकिएन टिपर आतंक ब्याक गरेरै लिइयो ज्यान ,प्रहरीले चालकलाई भगायो

टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । उक्त घटना सूर्यविनायक नगरपालिका–२ बालकोटमा गए राती करिब ९ बजे घटेको हो । महानगरीय प्रहरीबृत्त थिमिका अनुसार ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको हो ।

प्रत्यक्षदर्शी राजाराम खत्रील दिएकोे जानकारी अनुसार “टिपर हुइँकिँदै आयो, बालकोटतर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दियो, मोटरसाइकल लडेको देखेर हामीले ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर फेरि किच्यो । प्रहरीले टिपर र टिपर चालकलाई भगाएको प्रत्यक्षदर्शीले आरोप लगाएका छन् । प्रहरीले टिपर चालकलाई पक्राउ गरेपछि भगाएको स्थानीयको भनाइ छ ।

स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट केहीबेर तनावग्रस्त बनेको स्थानीय अमर श्रेष्ठले बताए । घटनाका कारण कौशलटार हुँदै बालकोट, सिरुटार, बिरुवा, ललितपुरको चाँगाथली, टीकाथली, लुभु, लामाटार जानेहरु बाटोमै अलपत्र बनेका थिए भने बसमा आएका यात्रु रातको समयमा अलपत्र परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया