काठमाडौँ, सामान्य हावापानीले विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला भत्किएको छ । उक्त रेल्वे परियोजना भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने थियो । सोहि परियोजनामा निर्माण गरिएको ढल निकास नालालाई सामान्य हावा पानीले भत्काएको छ ।
उक्त परियोजनाको लिकमा भारत बथनाहादेखि बिराटनगर कस्टम यार्डसम्म रेलको इञ्जिन परीक्षण गरिएको थियो । इञ्जिन परीक्षण भैसकेको क्षेत्रमा नेपाल तर्फको करिब एक सय ८० मिटर ढल नाला भासिएको छ ।
भारतीय कम्पनी इरकोणले निर्माण गरिरहेको यस परियोजनाको काम चलिरहेको बेलामा शनिबार आएको असिना पानीले लिकको बीचमा निर्माण गरिएको नाला भत्किएको इरकोनका कर्मचारी संजीवकुमार देवले बताएका छन् । देवका अनुसार निर्माण भैसकेको ६५० मिटर नाला मध्य करिब १८० मिटर नाला भासिएको हो ।