काठमाडौँ, आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।
उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । साथै सरकारले पनि विभिन्न सुविधाहरु उपलब्ध गराई नै रहेको छ । यस्तैमा पूर्व प्रधानमन्त्री तथा पार्टी नेकपाका वरिष्ठ नेता नेपाल राहत सामाग्री सहित हावाहुरी प्रभावित क्षेत्र पुगेका छन् ।
नेता माधव कुमार नेपाल हावाहुरीका कारण घाइते भएकाहरुलाई भेट्न अस्पताल पनि पुगेका थिए ।