काठमाडौं । गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अवस्था दिनप्रति दिन विग्रदै गएको छ । यसैबीच शनिबार (हिजो) मात्रै हजारौं प्रदर्शनकारीहरुले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन् ।
राष्ट्रपति राजापाक्षेको सरकारी निवास कब्जा गर्ने प्रदर्शनकारीहरूले भवनमा करोडौं रुपैयाँ भेटिएको दाबी गरेका छन् । एक मिडिया रिपोर्टका अनुसार आइतबार यस्तो रिपोर्ट आएको हो ।
सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरिएको छ, जहाँ प्रदर्शनकारीहरू भुइँमा बसेर हजारौं नोटका बन्डलहरू गनिरहेका छन् । उक्त भिडियो अहिले भाइरल बनिरहेको छ । डेली मिरर अखबारले बरामद गरिएको उक्त रकम सुरक्षा बललाई हस्तान्तरण गरेको बताएको छ ।
Protesters who seized the residence of the head of Sri Lanka found a huge amount of money there.
Millions of rupees were in President Gotabaya Rajapaksa’s closet, local media reported. Eyewitnesses published a video online, in which they allegedly counted 17.8 million. pic.twitter.com/fwxCZiM8FJ
— Jim yakus (@SJIMYAKUS) July 10, 2022