काठमाडौँ, आज राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका क्रममा छिमेक मुलुक चीनतर्फ जाँदै छिन् । यस पटक राष्ट्रपतिले राजकीय भ्रमण गर्दा प्रयोग हुँदै आएको साविकको सवारी रुट फेरिएको छ ।
यस अघि उक्त भ्रमणमा लामो रुट प्रयोग गर्ने गरिएकोमा सर्वसाधारणले पाउने सास्तीलाई ख्याल गर्दै यसपटक छोटो रुट तय गरिएको हो ।रुट प्रयोग गर्ने गरिएकोमा सर्वसाधारणले पाउने सास्तीलाई ख्याल गर्दै यसपटक छोटो रुट तय गरिएको हो ।
गृहमन्त्रालयले लामो रुट प्रयोग गर्दा लामो समय काठमाडौँ उपत्यकाको सवारी जाम हुने तथा सर्वसाधारणले अनावश्यक हैरानी बेहोर्नुपरेको गुनासो बढेपछि राष्ट्रपतिको राजकीय भ्रमण रुट परिवर्तन गरेको जनाएको छ ।
यसअघि, राष्ट्रपति राजकीय भ्रमणमा निस्कँदा प्रयोग हुदै आएको शीतलनिवास हुँदै लाजिम्पाट, केशरमहल दरवारमार्गको दक्षिणगेट, भद्रकाली ,सिंहदरवार, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगलबाट एयरपोर्ट सडक प्रयोग हुने गरेको थियो भने सपटक भने सो रुट परिवर्तन गरिएको छ । परिवर्तित सवारी रुट शीतलनिवास, शिवपुरी स्कुल, वालुवाटार, भाटभटे्नी लोत्से, रातोपुल, गौशाला हुँदै एयरपोर्ट पुग्ने व्यवस्था गरिएको छ ।
महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी जयराज सापकोटाले पछिल्लो सवारी रुटका कारण चाबहिल र गौशाला क्षेत्रमा केहीबेर सवारी प्रभावित भएपनि अन्य स्थानमा सडक प्रभावित नहुने बताएका छन् ।