काठमाडौँ, रामेछाप दोरम्बा गाउँपालिका-३ टोकपुरस्थित निगुरेमा मंगलबार आएको बाढीले बगाएर एक बालकको मृत्यु भएको छ ।
स्थानीय भीमसेन खोला तर्ने क्रममा अचानक आएको बाढीले ११ वर्षीय अनिष श्रेष्ठलाई बगाएको हो । उनको साथै बाढीले बगाएका उनका हजुरबुवा भीमसेन करिब ५० मिटर तल पुगेर निस्किएका थिए ।
शिक्षक तेज नगरकोटीका अनुसार अनिष धन्यश्वरी आधारभूत विद्यालय निगुरेमा कक्षा ५ मा अध्ययनरत छात्र थिए ।