काठमाडौँ, रामेछापको दोरम्बा–६, भष्मेडाँडामा बिहिबार राती कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भनेद १५ जना घाइते भएका छन् ।
उक्त बसमा स्वास्थ्यकर्मी लगायतका यात्रुहरु चढेका थिए । दुर्घटनामा परि मृत्यु हुनेमा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतम रहेका रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले पुष्टि गरेका छन् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा धुलीखेलस्थित अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा १५ जना घाइते भएका र घाइते सबैको धुलीखेलस्थित अस्पतालमा उपचार भइरहेको डीएसपी भट्टराईले बताएका छन् ।
डीएसपी भट्टराईले अनलाइन मिडियासंगको कुराकानीमा भने, ‘ बसमा औषधिसहितको स्वास्थ्यकर्मी चढेको पाइएको छ । तर, को–को चढ्नु भएको थियो भन्ने अहिलेसम्म खुलेको छैन, यसबारे हामी खोजखबर गरिरहेका छौं । ‘
सडकबाट करिब ५ सय मिटर तल खसेको बसका चालक र सह चालक भने बेपत्ता भएका छन् । दुर्घटनाको कारण हाल खुली नसकेको प्रहरीले जनाएका छन् ।







