रामेछापका ११ सय ४० जना बेराेजगारि युवाले रोजगारी पाउने

फ़ाइल फ़ोटो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएको छ जस मध्य रामेछाप जिल्लाको ८ वटा स्थानीय तहका ११ सय ४० जना बेरोजगार युवाहरुले रोजगारी पाउने भएका छन्
बेरोजगारी फ़ारम भरेको मध्यमा  १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र समेत भैसकेको जनाइको छ  । चालु वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने भनेको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बेरोजगारी सूचीमा दर्ता भएका रामेछापका ११ सय ४० जनालाई ३० दिन बराबरको रोजगार दिने भएको छ ।

रामेछापको ८ वटा स्थानीय तहहरु छन जस मध्य  मन्थलि  नगरपालिकालमा  सबै भन्दा बडी २१७ , उमाकुण्ड र सुनापति गाउँपालिकामा ११७ जना छन्  तेस्तै गरि  रामेछाप नगरपालिकामा १५३, खाँडादेवी गाउँपालिकामा १४०, दोरम्बा गाउँपालिकामा १३५, लिखु गाउँपालिकामा १३५ र गोकुलगंगा गाउँपालिकामा १२६ जनाले ३० दिन बराबरको रोजगारी पाउँने भएका छ्न।
सरकारले देशभरका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानको रूपमा जाने छ । बेरोजगारि लाइ  मिनिमम एक सय दिनसम्मको रोजगारी दिने र वर्षभरि परिवारको कुनै पनि सदस्यले सय दिन बराबरको रोजगार नपाए उक्त अवधिमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिने प्रावधान प्रधानमन्त्री रोजगार कार्यक्रमले गरेको छ । यस कार्यक्रम मार्फत् पाँच वर्षमा वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य सरकारको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया