काठमाडौं- पदमा कुरा नमिलेपछि विवेकशील पूर्वअध्यक्ष रविन्द्र मिश्रको राप्रपा प्रवेश तत्काल नहुने भएको छ । यसअघि पनि मिश्रले राप्रपासँग पार्टी एकताको लागि प्रयास गरेका थिए । तर, पदाधिकारीमा कुरा नमिलेपछि एकता रोकिएको थियो ।
राप्रपामा प्रवेश गर्नेगरि छलफल गरेका मिश्र पदीय भागबण्डा नमिल्दा तत्काललाई राप्रपामा प्रवेश गर्ने कार्यक्रम टरेको छ। स्थानीय तहको निर्वाचनमा विवेकशील साझाले लज्जास्पद हार व्यहारेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका थिए ।
यो बीचमा मिश्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेता धवलशमशेर राणासँग निरन्तर भेटवार्ता गरेका थिए । मिश्रले सह अध्यक्ष दाबी गरेका थिए ।