काठमाडौँ, राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको छ । जिल्ला अदालत रौतहटले पुर्पक्षका लागी राउतलाई थुनामा राख्न आदेश दिएको थियो ।
प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा रिहा राखेर उनीमाथि अनुसन्धान गर्न भनेको छ ।