राजमा खानु को ५ अचुक फाइदाहरु !

एजेन्सी, राजमालाई गेडागुडीको रुपमा सेवन गरिने गरिन्छ । प्राय यसको प्रयोग भोज-भतेर मा हुने गर्दछ । सामान्यतया घरमा गेडागुडीको रुपमा कहिलेकाँही सेवन गरिने राजमा भोज-भतेरमा कहिल्यै छुटाईदैन ।

यसले खानाको स्वाद मात्र बढाउँदैन यसका निकै फाइदाहरु पनि छन् । आज हामी तपाइँहरुलाई राजमाका ५ अचुक फाइदाहरु बताउन जाँदै छौँ ।

  • राजमा मस्तिस्क र नर्भस सिस्टमको लागी निकै लाभदायक हुन्छ । यसमा रहेको थियामिनले दिमागको क्षमता बढाउनुको साथै तपाइँलाई अल्जाइमरबाट पनि टाढा राख्दछ ।
  • यसमा भरपूर मात्रामा प्रोटिन पाइनुको साथै यसमा रहेको सोलुबल फाइबरले शरीरमा कार्बोहाइड्रेटको मात्रालाई कम गर्दछ जसले ब्लड शुगर लेभेललाई नियन्त्रण गर्दछ ।
  • राजमामा रहेको फोलेट र म्याग्नेशियमले मस्तिष्कको क्षमतालाई बढाउनुको साथै माइग्रेनका बिमारीको लागी पनि यो निकै मद्दतगार साबित हुन्छ ।
  • यसमा म्याग्नेशियम, कर्बोहाईड्रेट, फस्फोरस, भिटामिन बी9, आयरन, प्रोटिन जस्ता शरीरको लागी आवश्यक तत्वहरु पाइन्छ ।
  • यसमा भएको एन्टीअक्सिडेन्ट गुणले शरीरको प्रतिरोधक क्षमता बढाउनुको साथै तपाइँलाई फ्री रेडिकल्सबाट पनि बचाउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया