काठमाडौँ, सरकारले विप्लबका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण सडकमा कतै पनि बन्दकर्ता नदेखिएका भए पनि विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।
यस्तैमा बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगरमा बम फेला परेको छ । सडकमा डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु भेटिएपछि यातायात ठप्प हुनुका साथै स्थानीयमा त्रास फैलिएको छ ।\
बन्दकर्ताले आतंक फैलाउन हाते बम राखेको र उक्त बम प्रहरीले निस्क्रिय गरेको प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक (डिएसपी) डिलबहादुर मल्लले जानकारी दिएका छन् । बन्दका कारण जनजिवन प्रभावित भएको छ । निजि सवारी साधनहरु फाट्ट-फुट्ट चलेका भएता पनि सार्वजनिक यातायात भने ठप्पै छ ।