राजपाद्वारा फेरी संसद अवरोध, १० मिनेटको लागी स्थगित !

फाइल फोटो

काठमाडौँ, आज आईतबार संसद भवनमा भैरहेको बैठकलाई राष्ट्रिय जनता पार्टीले अवरुद्ध गरेपछि १० मिनेटको लागी संसद स्थगित गरिएको छ । राजपाले बैठकको शुरुवात मै उठेर विरोध जनाएका थिए ।

विरोध पश्चात सभामुखले समय दिए पछि राजपा सांसद लक्ष्मणलाल कर्णले गिरिशचन्द्र लालको अध्यक्षतामा बनेको थरुहट आन्दोलन छानबिन समितिको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरे । यस अघि कानुनमंत्रीद्वारा यथाशिघ्र हुन्छ भनिएता पनि आज सम्म सार्वजनिक नभएको उनको भनाई छ ।

पटक-पटकको आग्रहलाई नकार्दै सरकारले जनताको सम्पति जनता सामु सार्वजनिक नगरे फेरी संसद अवरुद्ध गरिने जानकारी पनि उनले दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया