काठमाडौं। राजधानीको कालोपुलमा एक युवती माथि आफ्नै श्रीमानद्वारा एसिड प्रहार भएको खबर बाहिरिएको छ । आफ्नै श्रीमानले श्रीमती माथि एसिड प्रहार गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताएका छन् ।
कालोपुल नजिकै डेरा गरी बस्ने २८ वर्षीय विस्णु भुजेलले दोलखाकी २० वर्षीया आफ्नी श्रीमती जेनी खड्का माथि बुधबार एसिड प्रहार गरेका पोखरेल बताएका छन् ।
एसिड प्रहारबाट जेनीको अनुहार र शारिरको केही भाग जलेको छ । आफ्नै श्रीमती माथि एसिड प्रहार गर्ने भुजेल हाल प्रहरी अनुसन्धानमा छन् भने युवतीलाई उओअचारको लागी अस्पताल पुर्याइएको छ ।
डीआईजी पोखरेलका अनुसार भुजेललाई काडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट पक्राउ गरिएको हो । जेनीको अवस्था निकै गम्भीर रहेको उनले बताएका छन् । घटना बारे थप अनुसन्धान भैरहेको छ ।