काठमाडौँ, राजधानीको बसुन्धारामा वैदेशिक रोजगार संघका अध्यक्ष रोहण गुरुङको घरमा बम विस्फोट भएको खबर सेलाउन नपाउँदै अर्को बम फेला परेको छ । राजधानीको स्यूचाटारस्थित कमल पोखरीमा बम फेला परेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँको अनुसार कमल पोखरीमा प्रेसर कुकर बम फेला परेको छ । प्रहरी प्रमुख एसएसपी बसन्त लामाले स्यूचाटारस्थित कमल पोखरीमा जमिनमुनी गाढेर राखिएको अवस्थामा प्रेसर कुकर बम फेला परेको जानकारी दिएका छन् ।
उनको अनुसार उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।