शालिकराम पुडासैनीले मृत्यु अगाडी रेकर्ड गरेको भिडियोमा न्युज ट्वान्टी फोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीको कारण आफू मर्न बाध्य भएको पत्रकार पुडासैनीले बताएको पाइएपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् । जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको गरेपछी लामिछानेको सन्देश सार्वजनिक गर्दै पौडेलले फेसबुकमा लेखेकी छन्।
“’आरोप लगाउने मरेर गएपपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस । यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ ।
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु ।’ : रबि लामिछाने
“ We are for TRUTH; We are for JUSTICE” ”,
अनुदानको रकम नपाएको भन्दै उजुरी
कृषि अनुदानको प्रोत्साहन रकम सम्बन्धित कृषकलाई वितरण नगरेको भन्दै झापाको गौरीगञ्जका किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । छानबिनको माग गर्दै गौरीगञ्ज गाउँपालिका–२ का किसानले उजुरी हालेका हुन् ।
गौरीगञ्ज–२ कोरोबारीको माङ्सावा कृषक समूह, कन्काइ विपद् कृषक समूह, तुलाचन कृषक समूह र ठेकीटोला कृषक समूहलाई दिने भनिएको अनुदान रकम हालसम्म वितरण नगरेपछि छानबिनको माग राख्दै उनीहरुले अख्तियार आयोगमा उजुरी गरेका हुन् । समूहमा आबद्ध ४२ किसानले इटहरीस्थित अख्यितारको कार्यालयमा उजुरी दर्ता गराएको उजुरीकर्ता श्याम न्यौपानेले जानकारी दिनुभयो ।
गाउँपालिकाले समेत घटनाको निष्पक्ष छानबिनका लागि अख्तियारलाई सिफारिस पत्र पठाएको छ । चारै कृषक समूहलाई गत असार १५ गतेअगावै कृषि ज्ञान केन्द्र चन्द्रगढीले चैतेधानको अनुदानस्वरुप रु १९ लाख दिने निर्णय गरेको थिथो । अनुदान रकम उनीहरुले नपाएपछि अनियमितता भएको भन्दै आयोगमा उजुरी दिएका हुन् ।