रवीन्द्र मिश्रले कार्यालय मै बलात्कार गर्न खोजेको भन्दै नेतृ रञ्जुबारे गलत समाचार प्रकाशित गर्ने रोका पक्राउ

पब्लिक आवाज /संवाददाता

काठमाडौँ  : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने श्याम रोकालाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि छुट्टिएको विवेकशील–साझा पार्टीका मिश्र र नेतृ दर्शना बारे चरित्रहत्या हुने समाचार सम्प्रेषण गरे पछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मुक्त मिडिया प्रालि र नेपाल टक डटकमकका सञ्चालक २४ वर्षीय श्याम रोकालाई पक्राउ गरेको हो ।


रोकाले विवेकशील–साझा पार्टी विभाजित भएपछि रञ्जुले कार्यालयमै आफूलाई पार्टी संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको समाचार प्रकाशित गरेका थिए ।

उक्त समाचार प्रकाशित भएलगत्तै रञ्जुले महाशाखामा साइबर क्राइम र गाली बेइजती अन्तरगत उजुरी दर्ता गरे पछि रोकालाई पक्राउ गरिएको अपारध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह बताए ।

उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको भइसकेको एसएसपी सिंहले बताए । साथै ‘यस किसिमका भ्रामाक समाचार अरु कसैले पनि सम्प्रेषण नगर्न आग्रह गरे ।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया