रवि लामिछानेविरुद्ध खेम भण्डारीले उम्मेदवारी, रबिकै क्षेत्रबाट संघीय चुनाव लड्ने घोषणा

काठमाडौं – पत्रकार खेम भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । चर्चित पत्रकार रवि लामिछाने लड्ने क्षेत्रबाटै चुनाव लड्ने उनले घोषणा गरेका हुन् ।भण्डारीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि लामिछाने उठ्ने क्षेत्रबाट संघीय चुनाव लड्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो। नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ ।’

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा ‘भीआईपी’ को हात रहेको बताउँदै आएका भण्डारीले रवि लामिछानेले ती भीआईपीलाई बचाउन खोजेको आरोप लगाएका छन्।

उनले आफ्नो चुनावी एजेण्डा नै निर्मला हत्याको विषय बनाएका छन्। हालै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका लामिछाने सो दलका सभापति हुन् भने न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष भण्डारी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आवद्ध छन्।

यस्तो छ उनले सामाजिक संजालमा लेखेको स्टाटस
अन्ततः रवि लामिछानेबिरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो ! नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ ।
मेरो मुद्दा रहनेछ :

१- निर्मला प्रकरणमा मैले ९ जना निर्दोस बचाएँ । र, अहिले पनि म VVIP नै निर्मलाको बलात्कारी हत्यारा हो भन्नेमा ढुक्क छु । राज्य नै षडयन्त्रकारी भूमिकामा छ । कम्युनिस्टहरु मन्त्री (गृह)को छोरा बचाउन लागे । सत्तामा हुँदा करोडौं खर्च गरे छोरो बचाउन ।
२- नेपालका ठूला मिडियाका क्राइम हेर्ने पत्रकार बेचिए । उनिहरु कुहिरोमा हराएका काग जस्ता भएका छन् ।
३- नेपाल प्रहरी नेताको दास हो । अरु के भन्ने ?

४- रवि लामिछाने जस्ता कथित पत्रकार खेम भण्डारीलाई defame गर्ने र ८ प्रहरीलाई उन्मुक्ती दिलाउने काममा सीमीत भए । उनीहरुले ८ प्रहरीले सफाइ पाएपछि प्रकरण नै बिर्सिए
५- रविले शंकास्पद ८ प्रहरीका पक्षमा media trial चलाए र तिनले उन्मुक्ति पाएपछि चुप लागे । जब कि म अहिलेसम्म निर्दोश बचाउने कोसिसमा छु ।

६- रविले कहिल्यै ओली सरकारले करोडौं खर्च गरेर issue divert गरेको कुरा गरेनन । उनले होटेल ओपेराको नाम जिब्रोबाट कहिल्यै बोलेनन । यसैबाट थाह हुन्छ उनको निर्मला प्रकरण बारेको नियत ।
८- रविले खेम भण्डारीलाई बदनाम गर्न मात्रै आफ्नो उर्जा सके । हत्याराबारे उनले कहिल्यै बहस चलाएनन । मानसिक रोगी दिलिप बिस्टलाई खेम भण्डारीको सालो स्थापित गराए तर दिलिप नै अपराधी हो भन्ने उनको दावी त्यसदिन सकियो जुन दिन अंगुर जीसी लगायतका प्रहरीले सफाइ पाए ।

९- एक अवोध चेलीको बलात्कारपछी हत्या बारेमा उनले स्थलगत आउँदा एउटा र एक वर्षपछि काठमाडौंको स्टुडियोमा अर्कै बोले । आफ्नो स्थलगत रिपोर्टको कमजोरी कहिल्यै स्वीकारेनन ।
१०- मेरो दावी छ – रविले निर्मलाका हत्यारा र मतियारलाई उन्मुक्ती दिन news24 को दुरुपयोग गरे । पुडासैनी प्रकरणमा उनले सफाइ पाउनु पनि यहि कारण हो । होइन भने, मर्न लागेको मान्छेको बयानलाइ इन्कार गर्ने criminal law कहाँ छ ?

रवि लामिछाने जस्ता पाखण्डीलाई अब चुनाउको मैदानमैं नांगेझार गर्नुपर्छ । म आउंदैछु जुनसुकै निर्वाचन क्षेत्रमा उसले लडे पनि ।
एक नावालिक छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरु र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने !
त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ । निर्मलाको न्यायका लागि कामना गर्ने नेपाल र संसारभरीका न्यायप्रेमी मेरो समर्थनमा त्यहाँ आउने छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया