रविलाई खेम भण्डारीले भनेः निर्मलाको ह;त्या भएको क्षेत्रबाट चुनाव लड्ने साहस गर्नुहोला

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेलाई कञ्चनपुरका पत्रकार खेम भण्डारीले कञ्चनपुर-३ बाट संसदीय निर्वाचनको उम्मेदवार हुन सुझाव दिएका छन्। भण्डारीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेलाई कञ्चनपुर ३ बाट उम्मेदवारी दिन सुझाएका हुन्।

निर्मला पन्तको ब’लात्कार र ह’त्या प्रकरणपछि लामिछानेको भूमिका गलत रहेको ठहर गर्दै उनले आत्मरक्षा गर्नुपर्ने पनि बताएका छन्। भण्डारीले लामिछानेलाई अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न गर्नसमेत आग्रह गरेका छन्। कञ्चनपुर-३ निर्मला पन्तको हत्या भएको क्षेत्र हो।

‘निर्मलाको न्याय–हरणको राज्य षडयन्त्रमा तपाईँको भूमिकाबारे छातीमा हात राखेर आत्मरक्षा गर्नु होला। अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न सक्नु भयो तपाइको राजनीतिक यात्रा उज्यालो हुनेछ। त्यस्तो अनुभूति भयो भने तत्कालीन उखुबारीमा गएर क्षमा याचना गर्नु होला’ उनले लेखेका छन्, ।

‘आफू अझै पनि सही र सत्य छु भन्ने लाग्छ भने कृपया कन्चनपुर–३ बाटै आफ्नो संसदीय यात्रा सुरु गर्ने साहस गर्नु होला।’
केही दिन अघि भण्डारीले लामिछानेसँग निर्वाचनमा होमिने उद्घोष गरेका थिए। कञ्चनपुर-३ भण्डारीको निर्वाचन क्षेत्र पनि हो। लामिछानेलाई आफ्नै क्षेत्रबाट निर्वाचनमा होमिन सुझाव दिएर

उनीविरुद्ध आफू उत्रिने योजना भण्डारीको रहेको बताइएको छ। तर, लामिछानेले अहिलेसम्म आफू कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने बारे प्रस्ट पारेका छैनन्। हिजो धनगढीको कार्यक्रममा पुगेका लामिछाने आज महेन्द्रनगरको कार्यक्रममा सहभागी हुन कञ्चनपुर गएका छन्। ०७५ साउन ११ गते कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

उक्त घटनापछि लामिछाने र भण्डारीबीचको बाझाबाझ सञ्चार माध्यमसम्मै पुगेको थियो। उनीहरु दुबै जना पत्रकार हुँदा एकले अर्कालाई घटनापछि अनुसन्धानमा प्रभाव पारेको आरोप लगाउँदै आएका थिए। घटना भएको चार वर्ष पुरा भइसक्दा पनि निर्मला हत्या काण्डका दोषि पक्राउ परेका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया