रक्सी पिउन नदिएको भन्दै श्रीमतीको हत्या गरी रातभर संगै सुतेर फरार !

एजेन्सी, भारतको नयाँदिल्लीमा रक्सी पिउन नदिएकै कारण एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । हत्या गरेर रातभर संगै सुतेर फरार ति पुरुषको यस घटनाबारे हिन्दुस्तान टाइम्समा प्रकाशन गरिएको छ । फरार ति पुरुषलाई पक्रन प्रहरी सफल भएको छ ।

दिल्लीको निहाल विहार इलाकाका ३० वर्षीय प्रेम सिंहले श्रीमती बब्लीले रक्सी पिउन नदिएको कारण उनको हत्या गरिदिएका हुन् । कोठा भाँडामा लिएर बस्दै आएका उनीहरुका सात र पाँच बर्षका दुई बच्चा पनि छन् ।

प्रहरीका अनुसार बब्ली व्युटी पार्लरमा काम गर्दथिन् भने प्रेम सिंह एक निजी स्याटलाइट टिभी सर्भिसमा काम गर्दथे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया