योगेशको प्रस्ताव, सांसदको एक दिनको तलब विपति प्रभावितलाई !

फाइल फोटो

काठमाडौँ, हिजो आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । यस्तैमा नेकपा सांसद योगेश भट्टराईले प्राकृतिक विपतिबाट प्रभावितहरुलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन् ।

संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर भट्टराईले पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन् । नेम्वाङले प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीसँग सल्लाह गरेर निर्णय गर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया