काठमाडौँ, यूईएफए युरोपा लीग फुटबल अन्तर्गत बिहिबार राति भएको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले ३–० को जीत हासिल गर्न सफल भएको छ । क्लब आर्सनललाई पराजित गर्दै क्लब चेल्सी क्वाटर फाइनलमा पुगेको छ ।
पहिलो हाफमा नै १-० को अग्रता बनाएको चेल्सीले दोश्रो हाफमा थप दुई गोल गर्न सफल भएको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन पेड्रो रोड्रिग्वेज, विलियन र क्यालम हड्सनले समान १–१ गोल गरेका हुन् । क्लब चेल्सीले १७औँ मिनेटमा पेड्रो रोड्रिग्वेजको गोलबाट अग्रता बनाएको थियो ।
त्यसैगरी ६५औं मिनेटमा विलियनले आकर्षक फ्रि किकमार्फत अर्को गोल गर्न सफल भएको थ्यो । र अन्त्यमा तेस्रो गोल ९०औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका हड्सनले गरेका थिए । यसैगरी अन्त्यत क्लब चेल्सीले क्लब आर्सनललाई ३-० को अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा आफ्नो स्थान बनाएको हो ।