युवतीलाई लाइभ शोमा चुम्बन गरेपछि विवादमा उदित नारायणको स्पष्टीकरण दिदै यस्तो भने ?

गायक उदित नारायणको एउटा भिडियो यतिबेला चर्चामा छ। भिडियो लाइभ कन्सर्टको हो, जसमा उदितले आफ्ना महिला फ्यानहरूलाई चुम्बन गरिरहेको देखिन्छ।

 

प्रसिद्ध गायक उदित नारायण लाइभ शोका क्रममा एक युवतीलाई चुम्बन गरेपछि विवादमा तानिएका छन्।

 

कार्यक्रमको एक क्षणमा उनले एक युवतीलाई मञ्चमै चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यसबारे व्यापक चर्चा र आलोचना सुरु भएको छ।

 

यस विषयमा स्पष्टीकरण दिँदै उदित नारायणले आफूलाई नियतवश कुनै गलत काम नगरेको बताएका छन्।

उनले भने, “म सबैलाई माया गर्ने मान्छे हुँ। स्टेजमा भावना बगेर भएको क्षण थियो, तर मेरो उद्देश्य गलत थिएन।” उनले यो विषयलाई अनावश्यक रुपमा ठूलो बनाइएको दाबी गर्दै आफूले कसैको अपमान वा असहज महसुस गराउने सोच नराखेको बताए।

 

तर, सामाजिक सञ्जालमा धेरैले यस्तो व्यवहारलाई “अनुचित” भन्दै आलोचना गरिरहेका छन्। केहीले भने यो घटनालाई हल्का रूपमा लिँदै “सांस्कृतिक सन्दर्भमा हेर्नुपर्ने” बताएका छन्।

 

एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया