काठमाडौँ, सोमबार मध्याहन धरानको जिरोपोइन्टमा भएको बस दुर्घटनामा चालक र ५ महिने बच्ची सहित ४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना बारे बसका यात्रु र प्रहरीले चालकले ठुलो क्षति हुनबाट जोगाउन प्रयास गरेको वयान दिएका छन् ।
आफ्नै ज्यान गुमाएर धेरैको ज्यान बचाउने चालक तेह्रथुमको लालीगुराँस नगरपालिका ४, बसन्तपुर गर भै हाल धरान १५ मा डेरा गरी बस्ने चक्रबहादुर गुरुङ थिए । साउदी अरबमा ५,६ बर्ष रोजागारी गरेर फर्केका उनले धरानमा यातायात मजदुरी गर्न थालेका थिए ।
वसन्तपुरमा चालक गुरुङका छिमेकी रहेका नेपाल पत्रकार महसंघ सुनसरीका कोषाध्यक्ष गोविन्द बस्नेतले भने, ‘ एकदम इमान्दार मान्छे थिए । चालचलन पनि एकदमै राम्रो थियोएकदम इमान्दार मान्छे थिए । चालचलन पनि एकदमै राम्रो थियो । एकदमै दुःख लागेको छ । ‘
उनको परिवारमा श्रीमती अनिता र दुई छोरा रहेका छन् । श्रेमती जेष्ठ सुपुत्र अभिषेक(करण) को साथ वैदेशिक रोजगारमा दुबईमा छिन् । यता चालक गुरुङ र उन्ला कान्छा छोरा डेरामा बस्दथे ।
धनकुटाको चौबिसे गाउँपालिका ६ नम्बर बुधबारेबाट धरान आउदै गरेको बसको शिवधारा कटेपछि सन्तुलन गुमेको थियो । बसको ब्रेक फेल भएको चाल पाइ चालकले छाताचोक, भानुचोकतिर पुग्दा ठुलो जनधनको क्षति हुने आँकलन गरि जिरोपोइन्टको सिमेन्टको फुटबल, स्वामीको रुख र विजुली, टेलिकमको पोलमा बसलाई ठोक्काएका थिए ।
यात्रुलाई सुरक्षित गराउन खोज्दा अन्तत उनको आफ्नै ज्यान गुम्यो । ।