यी हुन् काठमाडौंबाट हिडेर ७ दिनमा सगरमाथाको चुचुरोमा पुगी विश्व रेकर्ड राख्ने व्यक्ति !

दोलखाका लीलाबहादुर बस्नेतले काठमाडौंबाटै हिडेर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर विश्व रेकर्ड राखेका छन् । विगु गाउँपालिका १ लामाबगर निवासी ३७ बर्षिय बस्नेतले ७ दिनमा सगरमाथाको सफल आरोहण गरि फर्किएका हुन् ।

हालसम्म बेस क्यामबाट ८ देखी १० घण्टामा हिमाल आरोहण गरी विश्व रेकर्ड राखिएको उनले त्यसलाई तोड्न काठमाडौंबाट यात्रा सुरु गरेको बस्नेतको भनाइ छ ।

उनले जेठ ८ गते विहान सगरमाथाको आरोहण गरेका थिए । उनि सेभेन समिट टेक्स मार्फत आरोहणका लागि सगरमाथा गएका थिए । बस्नेतले हिमाल आरोहणका लागि १० दिनको अनुमति लिएका थिए ।

दोलखाको विकट गाउँमा जन्मिएका बस्नेतले विश्व रेकर्ड राखेर उनको मात्र नभई सिंगो नेपालको नाम उच्च बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया